बाढीले मनास्लु पदमार्ग अवरुद्ध, पर्यटक अलपत्र

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २५

काठमाडौं । बूढीगण्डकी नदीमा आएको बाढीले पदमार्ग र आवतजावतका संरचनामा क्षति पुर्‍याएपछि मनास्लु सर्किटका पर्यटक समस्यामा परेका छन्।

बाढीले गोरखा र धादिङ क्षेत्रमा छवटा पुल बगाएको छ भने कम्तीमा १० जना बेपत्ता भएका छन्। चुमनुब्री गाउँपालिका–३ का पैयुँ र बगरमा करिब ३५ घर बगाएको छ। जगत्, सल्लेरी, दोभान र घट्टेखोला क्षेत्रमा समेत क्षति पुगेको छ।

पुल र सडक अवरुद्ध हुँदा पर्यटकको यात्रा प्रभावित भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *