|
२०८३ आश्विन ५
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बस आगलागीमा परी घाइते भएका चालकको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् ।
कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईका अनुसार चालकको शरीरको करिब ९० प्रतिशत भाग जलेको छ ।
सोमबार त्रिपुरेश्वरचोकस्थित बस स्टपमा रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो । घाइते चालकलाई दिउँसो करिब १ बजे अस्पताल पुर्याइएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा चालक आफैँले बसमा आगो लगाएको खुलेको छ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्