बाढीले छुटाएको सम्पर्क सेनाको पुलले जोड्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २५

काठमाडौं । भोटेकोशीको बाढीले पुल बगाएपछि अवरुद्ध बनेको नुवाकोटको देवीघाट क्षेत्रको यातायात सम्पर्क पुनः सञ्चालन हुने भएको छ। नेपाली सेनाले पाँच दिनअघि सुरु गरेको एक्रो ब्रिज जडानको काम सम्पन्न गरेको हो।

पुल तयार भएपछि भोलिदेखि पैदल यात्रुका लागि बाटो खुला गरिनेछ भने पर्सिदेखि सवारीसाधनसमेत सञ्चालनमा ल्याउने तयारी गरिएको छ। बाढीका कारण पक्की पुल बगेपछि स्थानीयवासी, व्यापारी र यात्रुले लामो समयदेखि आवतजावतमा समस्या भोग्दै आएका थिए।

सेनाको टोलीले निरन्तर काम गरेर छोटो समयमै अस्थायी पुल जडान गरेपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क सहज हुने भएको छ। पुल सञ्चालनमा आएपछि स्थानीयको दैनिक आवतजावतसँगै व्यापारिक गतिविधिमा समेत राहत पुग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *