|
२०८३ भाद्र २३
काठमाडौँ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले १० जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–२६ स्थित ठमेलका विभिन्न होटल तथा गेस्टहाउसमा गैरकानुनी रूपमा बसोबास गरिरहेको र शंकास्पद गतिविधिमा संलग्न रहेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा २८ देखि ६४ वर्ष उमेर समूहका बंगलादेशी नागरिक रहेका छन् । उनीहरूलाई होटल ढाका एक्सप्रेस, होटल डि भेढा र होटल अलरहमानलगायतका स्थानबाट पक्राउ गरिएको हो । पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको प्रहरीले जनाएको छ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्