वीरगञ्जमा टायर बालेर अशान्ति फैलाउने प्रयास, चार जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १६

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–११ रानीघाट क्षेत्रमा सामाजिक तथा साम्प्रदायिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ परेकाहरूले सार्वजनिक स्थानमा टायर बालेर अशान्ति सिर्जना गर्ने प्रयास गरेका थिए। घटनापछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीले धार्मिक तथा सामाजिक सद्भावमा असर पुग्ने कुनै पनि गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गर्दै यस्ता कार्यमा संलग्न पाइए कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ। साथै, बालबालिकासम्बन्धी ऐन, २०७५ अनुसार हडताल, बन्द, धर्ना वा जुलुसमा बालबालिकालाई प्रयोग नगर्न पनि सबै पक्षलाई अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *