|
२०८२ पुष ४
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्पा, होटल र मनोरञ्जनस्थलबाट प्रहरीले आठ जना नाबालिकाको उद्धार गरेको छ । यौनशोषण र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा पाँच जनालाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।
प्रहरीका अनुसार सूचना पाएपछि गरिएको छापाका क्रममा ठमेल, चावहिल, बौद्ध र मित्रनगर क्षेत्रका स्पा, क्लब र गेष्टहाउसबाट नाबालिकाहरूको उद्धार गरिएको हो । पक्राउ परेकाहरूले आर्थिक लाभका लागि बालिकालाई यौनजन्य गतिविधिमा लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्