वर्षाले बिगार्‍यो बाजुराको यातायात, साँफे–मार्तडी सडकमा पहिरो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २१

बाजुरा । लगातारको वर्षापछि खसेका पहिरोका कारण बाजुराको सदरमुकाम मार्तडी जाने प्रमुख सडकमा यातायात ठप्प भएको छ। साँफे–मार्तडी सडकखण्डअन्तर्गत बडीमालिका नगरपालिकाका विभिन्न ठाउँमा पहिरो खसेपछि सवारीसाधन बाटोमै रोकिएका छन्।

बडीमालिका–९ का कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड र सुवाकाँधमा सडक माथिबाट पहिरो आएर सडक ढाकिएको छ। राप्का र जडाङ्गाल क्षेत्रमा पनि पहिरोले सडक अवरुद्ध पारेको प्रहरीले जनाएको छ।

सडक खुलाउन प्रहरी टोली परिचालन गरिएको छ। प्रहरी सहायक निरीक्षक लक्ष्मी दत्त भट्टको नेतृत्वमा पाँच जनाको टोली घटनास्थल पुगेको छ। टोलीले नगरपालिकाको जेसिबी तथा सडक विभागको उपकरण प्रयोग गरेर पहिरो हटाउने काम गरिरहेको छ।

वर्षा नरोकिएकाले सडकका अन्य भागमा समेत पहिरो खस्न सक्ने जोखिम रहेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा बाजुराको सदरमुकामतर्फ तथा अन्य गन्तव्यमा जाने यात्रु र सवारीसाधन प्रभावित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *