माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार टोली सुरुङभित्र

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १९

काठमाडौँ । भोटेकोशी बाढीबाट क्षतिग्रस्त ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा बेपत्ता कर्मचारी तथा कामदारको खोजी कार्य तीव्र पारिएको छ।

सुरुङको प्रवेशद्वारमा थुप्रिएको करिब १५ फिटसम्मको लेदो हटाएपछि नेपाली सेनाको टोली सुरुङभित्र प्रवेश गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। सुरुङमा जमेको पानीसमेत निकास गरिएकाले खोजी तथा उद्धारका लागि टोलीलाई थप सहज भएको छ।

सेनाको टोली अहिले सुरुङको अझ भित्री भागसम्म पुग्ने प्रयासमा छ। प्राधिकरणले उद्धार अभियानका लागि आवश्यक बजेट, खाद्यान्न, उपकरण तथा अन्य स्रोतसाधनको अभाव हुन नदिने जनाएको छ।

बाढीपछि सम्पर्कविहीन कर्मचारी तथा कामदारको विवरण अद्यावधिक गर्न प्राधिकरणले समन्वय समिति गठन गरेको छ। समितिले परिवारसँग समन्वय गर्नुका साथै उनीहरूका समस्या र गुनासो सम्बोधन गर्नेछ।

यसैबीच, सम्पर्कमा नआएका केही कर्मचारीका आफन्तलाई आयोजनाको क्षतिग्रस्त पावरहाउस क्षेत्रमै पुर्‍याएर घटनास्थलको अवस्थाबारे जानकारीसमेत गराइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *