ढुवानी लागत बढेपछि उपत्यकामा ग्यासको मूल्य बढाइयो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १९

काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको मूल्य बढेको छ। पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो र सडक अवरोधका कारण वैकल्पिक बाटोबाट ग्यास ढुवानी गर्नुपर्दा लागत बढेको भन्दै व्यवसायीहरूले मूल्य समायोजन गरेका हुन्।

यसअघि प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा बिक्री हुँदै आएको ग्यासमा १०५ रुपैयाँ १८ पैसा थपिएको छ। अब उपत्यकामा एक सिलिन्डर ग्यासको मूल्य २ हजार १ सय ६५ रुपैयाँ १८ पैसा पुगेको छ।

त्रिशूली नदीमा आएको बाढीपछि कृष्णभीर क्षेत्रमा सडक कटान हुँदा यातायात अवरुद्ध भएको थियो। त्यसको असर ग्यासको आपूर्तिमा समेत परेको व्यवसायीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *