|
२०८३ भाद्र १८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बिहान बस्दैछ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहान १० बजे बैठक बोलाइएको हो।
सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसहित समसामयिक विषयमा छलफल हुने रास्वपाका नेता जगदीश खरेलले जानकारी दिएका छन्।
बैठकमा पार्टीका आगामी गतिविधि तथा समसामयिक राजनीतिक विषयमा आवश्यक छलफल र निर्णय हुन सक्ने बताइएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्