राष्ट्रिय सभाको बैठक आगामी भदौ २३ गतेसम्मका लागि स्थगित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १६

काठमाडौँ । राष्ट्रिय सभाको बैठक आगामी भदौ २३ गतेसम्मका लागि स्थगित भएको छ। मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको अर्को बैठक भदौ २३ गते दिउँसो १ः१५ बजे बस्ने गरी निर्धारण गरिएको जानकारी दिए।

यसअघि आजको बैठकमा अध्यक्ष दाहालले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष वक्तव्य दिएका थिए।

बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष दाहालले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरे। विशेष वक्तव्यपछि राष्ट्रिय सभा बैठक स्थगित गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *