|
२०७८ आश्विन १४
काठमाडौं । आगामी आइतबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक सूचना जारी गर्दै स्थगन गरिएको छ । बैठक १८ गते बस्ने भएको हो।
‘राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्मानीय अध्यक्षज्यूले २०७८ साल असोज १८ गते सोमबार बिहान ११ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ’ संसद् सचिवालयद्वारा जारी सूचनामा भनिएको छ।
यही १५ देखि १७ गतेसम्म एमालेको विधान महाधिवेशन चल्दैछ। ५९ सदस्यीय राष्ट्रिय सभामा एमालेका २६ जना (अध्यक्षसहित) सांसद् छन्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्