३० लाखमा राष्ट्रिय सभा बैठकका लागि हल व्यवस्थापन गरिंदै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २३

काठमाण्डौँ । राष्ट्रिय सभाको बैठकका लागि हल व्यवस्थापनका लागि आन्तरिक काम सुरु भएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष नाराणप्रसाद दाहालका अनुसार सिंहदरबारस्थित कृषि प्राकृतिक स्रोत समितिको हलमा सभाको बैठक बस्ने तयारी गर्न लागिएको छ ।

हल व्यवस्थापनको लागि करिब ३० लाखको एस्टिमेट रहेको अध्यक्ष दाहालले आइतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बताएका छन् ।

हल नहुँदा राष्ट्रिय सभाको बैठक बस्न सकेको छैन । हल व्यवस्थापन पनि भइसक्ने र अधिवेशन बोलाउन सकिनेबारे छलफल चलिरहेको छ ।

अध्यक्ष दाहालका अनुसार आगामी मंसिर दोस्रो साता राष्ट्रिय सभाको अधिवेशन बोलाउन सकिन सुझाव दिइएको छ ।

अध्यक्ष दाहालले प्रधानमन्त्री कार्की राष्ट्रिय सभाप्रति सकारात्मक रहेको पाएको बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *