स्याफ्रुवेंशीबाट दुई महिनाको बच्चासहित परिवारको उद्धार

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १६

रसुवा । भोटेकोशी बाढीबाट प्रभावित रसुवाको स्याफ्रुवेंशीबाट दुई महिनाको बच्चासहित एक परिवारको उद्धार गरिएको छ। स्याफ्रुवेंशीबाट उद्धार गरी सदरमुकाम धुन्चे ल्याइएको उक्त परिवारलाई थप उपचार तथा सुरक्षित व्यवस्थापनका लागि काठमाडौं लगिएको हो।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्रता दिइएको छ। उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगै भारत, चीन तथा दक्षिण कोरियाबाट आएका विशेषज्ञ उद्धार टोलीसमेत प्रभावित क्षेत्रमा खटिएका छन्।

बाढीका कारण प्रभावित तथा जोखिममा परेका नागरिकको खोजी, उद्धार र सुरक्षित स्थानान्तरणलाई प्राथमिकतामा राखेर उद्धार कार्य जारी रहेको सुरक्षा निकायले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *