नेपालतर्फ पुनः बाढीको जोखिम, चीनले हिमाली क्षेत्रको निगरानी बढायो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १५

काठमाडौं । भोटेकोशी बाढीको त्रास कायमै रहेका बेला चीनले सीमावर्ती हिमाली क्षेत्रमा थप बाढीको जोखिम रहेको भन्दै सतर्क गराएको छ।

चिनियाँ सञ्चारमाध्यम सीसीटीभीका अनुसार हिमनदी भत्किएर बनेको खाडल आसपासका जलाशयमा पानीको सतह बढ्दै गएको छ। पहिरोका कारण नदी थुनिन सक्ने र थप हिमनदी भत्किएमा अचानक ठूलो बाढी आउन सक्ने जोखिम औँल्याइएको छ।

भारी वर्षा जारी रहेकाले चीनले जोखिमयुक्त क्षेत्रमा निगरानी बढाएको छ। यसको सम्भावित असर नेपालतर्फ समेत पर्न सक्ने भन्दै सतर्कता आवश्यक देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *