धेरै जिल्लामा बाढीको चेतावनी, नदीकिनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ३

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढी आउने सम्भावना रहेको भन्दै स्थानीय बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ।

विभागका अनुसार पूर्वदेखि सुदूरपश्चिमसम्मका झापा, काठमाडौं उपत्यका, चितवन, कास्की, दाङ, बाँके, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा वर्षाका कारण साना नदी र खोलामा बहाव बढ्न सक्ने जोखिम रहेको छ।

यद्यपि कोशी, नारायणी, बागमती, कर्णाली, महाकालीसहित प्रमुख नदीहरूको जलस्तर हाल जोखिमको सीमाभन्दा तल रहेको विभागले जनाएको छ। तर निरन्तर वर्षा हुन सक्ने भएकाले नदीकिनार र डुबान हुने क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *