|
२०८३ भाद्र १२
काठमाडौँ — मनसुनी प्रभावका कारण शुक्रबार देशका अधिकांश भूभागमा मौसम बदली रहनेछ। बिहानैदेखि कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा वर्षा भइरहेको छ।
दिउँसो पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका केही भूभागमा समेत वर्षाको सम्भावना रहेको छ।
राति पनि वर्षाको गतिविधि पूर्ण रूपमा नरोकिने देखिएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा पानी पर्ने सम्भावना छ।
महाशाखाले वर्षासँगै चट्याङको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्