मनसुन सक्रिय : पहाडदेखि हिमाली भेगसम्म वर्षाको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २८

काठमाडौँ — देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि अधिकांश भूभागमा बदली रहने मौसम पूर्वानुमान गरिएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपासमा रहेकाले वर्षाको सम्भावना बढेको हो।

दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। मधेस तथा सुदूरपश्चिमका तराई क्षेत्रमा भने आंशिक बदली रहने अनुमान छ।

राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुनसक्नेछ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा पनि केही स्थानमा मध्यम वर्षासँगै हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *