बाढीपछि पुनर्निर्माणमा सरकारको ध्यान, अर्थमन्त्री वाग्लेले भने– सबै पक्ष जुट्नुपर्छ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ११

काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतपछि पुनर्निर्माणलाई तीव्रता दिने बताएका छन्।

उनले तत्काल उद्धार तथा राहतका लागि स्रोतसाधनको कमी हुन नदिने भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब ३४ करोड रुपैयाँ रहेको जानकारी दिए।

बाढीबाट करिब २५ वटा पक्की पुल र ७०० मेगावाट क्षमताको जलविद्युत् आयोजनामा क्षति पुगेको उनले बताए। क्षतिको विवरण आएपछि २०७२ सालको भूकम्पकै शैलीमा पुनर्निर्माणको महाअभियान सञ्चालन गर्ने उनको भनाइ छ।

वाग्लेले पुनर्निर्माणमा सरकारसँगै राजनीतिक दल, विभिन्न निकाय र समाजका सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *