कपाल छोटो बनाउन दबाब दिएको भन्दै हेलो सरकारमा उजुरी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १०

काठमाडौँ । विद्यालयले कपाल छोटो बनाउन दबाब दिएको भन्दै विद्यार्थी तथा अभिभावकले ‘हेलो सरकार’मा उजुरी गर्न थालेका छन्।

चितवनमा पछिल्लो समय विद्यालयबाट कपाल काट्न दबाब आएको भन्दै यस्ता गुनासा बढेको बताइएको छ। केही विद्यालयले विद्यार्थीलाई सम्झाउन अभिभावकलाई समेत फोन गर्ने गरेका छन्।

तर शिक्षा नियमावलीको १०औँ संशोधनले विद्यार्थीको इच्छाविपरीत जबरजस्ती कपाल काट्न लगाउन रोक लगाएको छ। नियमावलीले विद्यार्थीको शारीरिक स्वरूप, पहिरन वा साजसज्जाका आधारमा होच्याउने वा लाञ्छित गर्ने कार्यसमेत निषेध गरेको छ।

प्याब्सन चितवनका अध्यक्ष मदन पुरीका अनुसार देशभरका ३५ भन्दा बढी विद्यालयविरुद्ध विद्यार्थीको कपाल जबरजस्ती काट्न लगाएको भन्दै उजुरी परेको जानकारी आफूले पाएका छन्।

मनोविज्ञहरू भने सामाजिक सञ्जाल, चलचित्र र सेलिब्रेटीको प्रभावले किशोरहरू आफूलाई मनपर्ने हेयरस्टाइलप्रति आकर्षित भइरहेको बताउँछन्। उनीहरूका अनुसार कपाल लामो राख्नु आफैँमा समस्या होइन, तर सरसफाइ र उचित स्याहारमा ध्यान दिन आवश्यक हुन्छ।

विद्यालय र अभिभावकले दबाब दिनुभन्दा विद्यार्थीलाई सम्झाएर अनुशासन र व्यक्तिगत रोजाइबीच सन्तुलन कायम गर्नुपर्ने देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *