स्पाबाट सात बालिकाको उद्धार, तीन सञ्चालक पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ९

बाँके । नेपालगन्जमा सञ्चालित दुई स्पामा प्रहरीले गरेको जाँचका क्रममा सात बालिकाको उद्धार गरेको छ। घटनामा संलग्न रहेको आरोपमा एक भारतीय नागरिकसहित तीन स्पा सञ्चालक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा प्लेजर स्पाकी सञ्चालक भारतीय नागरिक गुडिया खान, आयुर्वेदिक रिल्याक्स स्पाकी सञ्चालक दुर्गा थारु र रिल्याक्स स्पाका सञ्चालक तर्कराज देवकोटा रहेका छन्।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा गरिएको जाँचका क्रममा बालिकाहरू फेला परेका हुन्। पक्राउ परेका तीनै जनामाथि बालबालिकासम्बन्धी ऐन, २०७५ अन्तर्गत अनुसन्धान भइरहेको छ।

उनीहरूलाई जिल्ला अदालत बाँकेबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *