सुदूरपश्चिममा ५ हजारभन्दा बढी सवारी कारबाहीमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ८

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा गत साउनमा ट्राफिक नियम उल्लङ्घन गर्ने ५ हजार २०२ सवारीसाधन कारबाहीमा परेका छन्। कारबाहीबाट ट्राफिक प्रहरीले ४३ लाख ६३ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको छ।

प्रदेश प्रहरीका अनुसार साउनमा २२३ सवारी दुर्घटना हुँदा १५ जनाको मृत्यु र ३२४ जना घाइते भएका छन्। तीमध्ये अधिकांश दुर्घटना चालकको लापरबाहीका कारण भएको जनाइएको छ।

ट्राफिक नियम उल्लङ्घन, क्षमताभन्दा बढी यात्रु तथा मालसामान बोक्ने सवारीमाथि कारबाहीलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ। दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन भइरहेको छ।

यसैबीच, प्रहरीले भन्सार छली ल्याइएका करिब १ करोड ७० लाख रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *