चितवन राइनोजको टोलीमा थपिए जिम्बाब्वेका स्टार सिकन्दर राजा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ७

काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी सिजनका लागि चितवन राइनोजले जिम्बाब्वेका अनुभवी अलराउन्डर सिकन्दर राजालाई टोलीमा भित्र्याएको छ।

चितवनले सामाजिक सञ्जालमार्फत राजासँग सम्झौता भएको जानकारी दिएको हो। नेपालमा खेलिसकेका राजाले यसअघि सन् २०२१ को एभरेस्ट प्रिमियर लिगमा विराटनगर वारियर्सबाट प्रतिस्पर्धा गरेका थिए।

१३३ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका राजाको नाममा ३ हजार ८९ रन र १०७ विकेट छन्। उनको आगमनसँगै चितवनको टोली थप बलियो हुने अपेक्षा गरिएको छ।

राजा चितवनमा आबद्ध हुने दोस्रो विदेशी खेलाडी हुन्। यसअघि टोलीले इंग्ल्यान्डका रवि बोपारालाई निरन्तरता दिने निर्णय गरिसकेको छ।

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *