बाबुरामले भने- जो चोर उसको ठूलो स्वर

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण २६

काठमाडौं । मंगलवारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलोपटक सम्बोधन गरेपछि जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले कटाक्ष गरेका छन् ।

ओलीले वर्तमान सरकार परमादेशबाट बनेको, अपवित्र गठबन्धन भन्दै सरकारले ल्याएका न्यूनतम साझा कार्यक्रमको विषयमा खरो टीकाटिप्पणी गरेका थिए । उनले संसद छलेर निती तथा कार्यक्रम ल्याइएको बताएका थिए ।

ओलीले प्रतिनिधि सभामा आफ्ना भनाइ सकेलगत्तै डा. भट्टराईले ओलीलाई ‘जो चोर उसैको ठूलो स्वर’ भन्दै ओलीप्रति कटाक्ष गरेका हुन्।

भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘सबको औषधि दैवले रचिदियो बिर्सेछ कि मूर्खको, भर्खरै आफ्नो कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कुलमा पढेको कवितांशको याद आयो। पटकपटक संविधानको उलंघन, संसदको हत्या, अध्यादेशको राज, भ्रष्टाचारको पहाडबारे न कुनै क्षमायाचना! उल्टै जो चोर उसको ठूलो स्वर!’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *