१८ करोड ऋणको भार बोकेर अमेरिका फर्किए धुर्मुस

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ४

काठमाडौं । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ दुई महिना नेपाल बसेर अमेरिका फर्किएका छन्। चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधानका लागि राज्यका विभिन्न निकायसँग पहल गरे पनि सफलता नपाएको उनले बताएका छन्।

सामाजिक सञ्जालमार्फत भावुक हुँदै उनले रंगशालाका लागि विनियोजित १५ करोड रुपैयाँसमेत फ्रिज हुने अवस्था आएको उल्लेख गरेका छन्। आफू १८ करोड ४३ लाख रुपैयाँ ऋण, अधुरा सपना र पीडा बोकेर मातृभूमि छाड्न बाध्य भएको उनको भनाइ छ।

राज्यले आफूहरूको समस्या नसुने पनि न्याय पाउने आशा अझै जीवित रहेको धुर्मुसले बताएका छन्।

https://www.facebook.com/share/p/1Jo6hbqqN8

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *