|
साउन ३१, २०८३
रोल्पा — लगातार भइरहेको वर्षाका कारण आएको पहिरोले घर पुरिँदा रोल्पामा एक वृद्धाको मृत्यु भएको छ।
लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा आइतबार बिहान पहिरो खसेर घर पुरिएको थियो। घटनामा घरभित्र रहेकी ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार निरन्तरको वर्षापछि पहिरो खसेको हो। घटनाबारे थप विवरण संकलन तथा आवश्यक उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्