|
२०८३ श्रावण ३०
इलाम : पहिरो र सडक भासिएपछि अवरुद्ध मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माइखोला–राजदुवाली खण्ड एक महिनासम्म पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।
सडकको ठूलो हिस्सा खोलातर्फ बगेका कारण इलाम, पाँचथर र ताप्लेजुङको झापासँगको नियमित यातायात प्रभावित भएको छ। लगातारको वर्षा र अस्थिर भू–बनोटले मर्मत कार्यमा समेत समस्या भइरहेको छ।
सडक डिभिजन कार्यालयले भासिएको भाग पुर्ने, ग्राभेल गर्ने र अस्थायी नाली निर्माण गरी सडक सञ्चालनयोग्य बनाउने तयारी गरेको छ। तर वर्षाका कारण पुनः सडक भासिने जोखिम कायमै रहेको जनाइएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्