इलाम — असोज १८ गतेको भीषण वर्षापछि इलाम नगरपालिका–९ को राजदुवाली क्षेत्रमा खसेको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । सडक डिभिजन, स्थानीय बासिन्दा र सुरक्षाकर्मीको प्रयास जारी भए पनि पहिरो पन्छाउन नसकिँदा यातायात ठप्प छ ।
राजमार्ग अवरुद्ध हुँदा इलाम, पाँचथर, ताप्लेजुङ र झापा जिल्लाका यात्रुहरू प्रभावित भएका छन् । राजदुवाली पहिरोमाथिसम्म र माईखोलासम्म सवारी चले पनि करिब डेढ किलोमिटर यात्रुहरूलाई पैदल हिँड्नुपर्ने बाध्यता छ ।
सुरक्षाकर्मीले बिरामी र ज्येष्ठ नागरिकलाई स्टेचरमा बोकेर आवतजावत गराइरहेका छन् । वैकल्पिक मेची करिडोरको पुल बग्दा झापा–इलाम आवागमन ठप्प छ ।
बाढीपहिरोले जिल्लाका १९ पक्की पुल, २ बेलीब्रिज, ११ कल्भर्ट, ३ झोलुङ्गे पुल र ३१ सडक क्षतिग्रस्त छन् । ३९ जनाको मृत्यु, २६ घाइते, १ बेपत्ता र २७६ परिवार विस्थापित भएका छन् ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्