|
२०८३ श्रावण २८
काठमाडौं । पाँच महिनापछि स्वदेश फर्किएका नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू पद वा शक्ति हासिल गर्न नभई राष्ट्रिय एकता मजबुत बनाउन नेपाल आएको बताएका छन्।
सिंगापुर र हङकङमा उपचारपछि बिहीबार काठमाडौं आइपुगेका देउवाले कांग्रेसभित्रको असमझदारी अन्त्य गर्दै पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिए। उनले कांग्रेसले अन्य राजनीतिक दलसँग पनि सहकार्य गरेर राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणमा भूमिका खेल्नुपर्ने बताए।
देउवाले प्रतिशोधभन्दा मेलमिलापको बाटो रोज्न आग्रह गर्दै युवा पुस्ता नेतृत्वमा आउनुपर्ने तर अनुभवी नेताहरूलाई गलत रूपमा चित्रित गर्न नहुने धारणा राखे। कांग्रेसभित्रको विवादले राष्ट्रिय राजनीतिमा समेत असर पार्न सक्ने भन्दै उनले सबै नेता–कार्यकर्तालाई एकताका लागि अघि बढ्न अपिल गरेका छन्।



दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्