काठमाडौँ — नेपाली कांग्रेसका सांसद रञ्जित कर्ण ले सरकारसँग एजेन्डागत सहकार्य गर्दै राष्ट्रिय एकता कायम गर्न आह्वान गरेका छन्। राष्ट्रिय सभामा बोल्दै उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै साझा लक्ष्यका लागि सहकार्य गर्न आग्रह गरे।
उनले निर्वाचनअघि विचार र पार्टी फरक भए पनि निर्वाचनपछि सबैको लक्ष्य समुन्नत नेपाल निर्माण रहेको उल्लेख गरे। लोकतन्त्र, सुशासन र राष्ट्रिय सहकार्यको आवश्यकता औँल्याउँदै संसद् जनअपेक्षालाई नीतिमा रूपान्तरण गर्ने जिम्मेवार मञ्च भएको बताए।
कर्णले सुशासन, रोजगारी र समृद्धिको अनुभूति जनतासम्म पुग्न नसकेको भन्दै ढिलासुस्ती, नीतिगत अवरोध र भ्रष्टाचार नियन्त्रणमा कमजोरी रहेको बताए। साथै शिक्षा, स्वास्थ्य र सामाजिक न्याय क्षेत्रमा सुधार आवश्यक रहेको उल्लेख गरे।
पार्टी सभापति गगनकुमार थापा को ‘भिजन टेन’ र सरकारी एजेन्डाबीच समानता रहेको जनाउँदै उनले भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार र आर्थिक विकासका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्