निर्वाचन आयोगका पदाधिकारीसँग अध्यक्ष दाहालको भेट

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २८

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की तथा निर्वाचन आयुक्तद्वय गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बासँग भेटवार्ता गरेका छन्।

भेटका क्रममा अध्यक्ष दाहालले नवनियुक्त पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए। उनले निर्वाचन आयोगले निष्पक्ष, सन्तुलित र प्रभावकारी ढंगले जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गरे।

अध्यक्ष दाहालले राष्ट्रिय सभामा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने एक सदस्यको पद रिक्त रहेको उल्लेख गर्दै सम्बन्धित पक्षसँग समन्वय गरेर निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरे।

जवाफमा प्रमुख निर्वाचन आयुक्त कार्कीले संविधान तथा प्रचलित कानुनअनुसार आयोगको जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *