अध्यक्ष दाहालको आह्वानमा विपक्षी दलहरूको बैठक जारी

DaksuMedia दाक्सु मिडिया
|
२०८१ माघ २

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा बिपक्षी दलहरूको बैठक बसेको छ। बुधबार (आज) बिहान नेकपा (माओवादी केन्द्र) संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक चलिरहेको छ।

अध्यक्ष प्रचण्डसँगै माओवादीका नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, र शक्ति बस्नेत बैठकमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कार्यबाहक सभापति डी.पी. अर्याल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, र राप्रपाका बुद्धिमान तामाङसहित दलका नेताहरु सहभागी छन्।

अध्यक्ष दाहालले सरकारविरुद्ध साझा रणनीति तय गर्न बैठक बोलाएका हुन्। बैठकले संसद् अधिवेशन आह्वानका लागि वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई दबाब दिने बताइएको छ । हालै सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ४ वटा अध्यादेश जारी गरेका थिए। विपक्षी दलहरूले त्यसको विरोध गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *