|
२०८३ असार २५
काठमाडौँ : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका लागि सिफारिस भएका तीन पदाधिकारीको सुनुवाइ प्रक्रिया अघि बढाएको छ।
समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की तथा आयुक्तद्वय राजीव सुब्बा र गुरुप्रसाद वाग्लेविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान गरेको छ।
समितिका अनुसार प्राप्त उजुरीमाथि अध्ययन गरी आगामी प्रक्रिया अघि बढाइनेछ। केही सांसदहरूले सुनुवाइ प्रक्रिया पर्याप्त छलफलसहित अघि बढाउनुपर्ने सुझाव दिएका छन्।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्