|
२०८३ श्रावण १७
काठमाडौं — नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले किसान आन्दोलनका अग्रणी नेता तुलसीलाल अमात्य र अमर शहीद भीमदत्त पन्तले स्थापित गरेको संघर्षको इतिहासलाई निरन्तर अघि बढाउनुपर्ने बताएका छन्।
दुवै नेताको स्मृति दिवसका अवसरमा जारी सन्देशमा ओलीले अमात्यले किसानलाई अधिकारका लागि संगठित गर्न खेलेको भूमिका तथा पन्तले सामन्ती शोषण, हलिया र कमैया प्रथाविरुद्ध गरेको संघर्ष नेपाली इतिहासका प्रेरणादायी अध्याय भएको उल्लेख गरेका छन्।
उनले लोकतन्त्रको सुदृढीकरण, सामाजिक न्याय, समानता र समृद्धिको लक्ष्य हासिल गर्नु नै अमात्य र पन्तप्रतिको वास्तविक सम्मान हुने उल्लेख गर्दै उनीहरूको योगदान सधैं स्मरणीय रहने बताएका छन्।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्