काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा पछिल्लो समय देखिएको धार्मिक तथा साम्प्रदायिक तनाव अन्त्य गर्न संवाद, सहकार्य र आपसी सम्मानको वातावरण बनाउन सबै पक्षलाई आग्रह गरेका छन्।
उनले नेपाल सबै नेपालीको साझा देश भएकाले प्रत्येक नागरिकले आफ्नो धर्म स्वतन्त्र रूपमा मान्न पाउने संवैधानिक अधिकारको सम्मान हुनुपर्ने बताए। धार्मिक सहिष्णुता, पारस्परिक विश्वास र सामाजिक एकता कायम राखे मात्रै मुलुकमा दिगो शान्ति सम्भव हुने उनको भनाइ छ।
साम्पाङले राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा सरोकारवाला निकायले सकारात्मक सोचका साथ मिलेर वर्तमान अवस्था समाधानतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका छन्। साथै, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट धार्मिक सद्भाव बिग्रिने, घृणा फैलिने वा उत्तेजना बढ्ने खालका अभिव्यक्ति नदिन सबैमा अपिल गर्दै शान्ति–सुरक्षा कायम गर्न सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन्।



दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्