अन्तिम नतिजा नआएसम्म निराश नहुन हर्क साम्पाङको आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २२

काठमाडौँ । हर्क साम्पाङ राईले निर्वाचनको अन्तिम नतिजा सार्वजनिक नहुँदासम्म निराश नहुन आग्रह गरेका छन् ।

श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले मतगणना जारी रहेका बेला सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अन्तिम परिणाम नआउँदासम्म धैर्य राख्न सबैलाई अनुरोध गरेका हुन् ।

अहिले विभिन्न क्षेत्रमा मतगणना भइरहेको र केही स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि देखिए पनि प्रारम्भिक परिणामका आधारमा अत्यधिक उत्साहित वा निराश हुन नहुने उनले बताएका छन् ।

“मतगणना आइरहेको छ, कहिले अगाडि त कहिले पछि हुन सक्छ। अन्तिम नतिजा नआएसम्म न रमाउनुहोस्, न निराश हुनुहोस्,” उनले भनेका छन् ।

साम्पाङ हाल सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्। त्यहाँ मतगणना जारी रहेको छ ।

निर्वाचनको परिणाम क्रमशः आइरहेकाले अन्तिम नतिजा सार्वजनिक भएपछि मात्र वास्तविक स्थिति स्पष्ट हुने उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *