|
२०८३ श्रावण १०
काठमाडौं – पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ।
लगातार तीन खेलमा पराजित नेपालका लागि सेमिफाइनलको सम्भावना कायम राख्न यो खेल जित्नै पर्ने दबाब रहेको छ। प्रतियोगितामा नेपालसहित पाकिस्तान, काजकस्तान, श्रीलंका, बंगलादेश र उज्वेकिस्तान सहभागी छन्। सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्