|
२०८२ कार्तिक ७
काठमाडौँ : बंगलादेशको राजधानी ढाकामा जारी काभा पुरुष कप भलिबल प्रतियोगितामा नेपाल आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। खेल साँझ ३ बजे सुरु हुनेछ।
नेपालका लागि आजको खेल ‘अवसरको प्रतिस्पर्धा’ साबित हुन सक्ने देखिएको छ, किनकि यसअघि खेलेका दुबै खेलमा टोलीले पराजय व्यहोरेको छ। पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो भने दोस्रो खेलमा घरेलु टोली बंगलादेशसँग कडा संघर्षपछि ३–२ को सेटमा हार बेहोरेको हो।
लगातार दुई हारपछि नेपाल आज माल्दिभ्सविरुद्ध मैदानमा उत्रँदै जितको खडेरी तोड्ने लक्ष्यसहित तयार भएको छ। नेपालले माल्दिभ्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै अंकतालिकामा सुधार गर्ने अपेक्षा गरिएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्