काभा पुरुष भलिबलमा नेपाललाई पाकिस्तानको सोझो हार

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ९

काठमाडौँ : सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गत नेपालले लगातार तेस्रो हार बेहोरेको छ। पाकिस्तानको इस्लामावादमा शुक्रबार सम्पन्न खेलमा घरेलु टोली पाकिस्तानले नेपाललाई ३–० को सोझो सेटमा पराजित गर्‍यो।

पाकिस्तानले पहिलो सेट २५–१४, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१० ले आफ्नो पक्षमा पार्दै सहज जित दर्ता गर्‍यो। यसअघि नेपाल कजाकिस्तान र श्रीलङ्कासँग पनि पराजित भइसकेको थियो।

प्रतियोगितामा अब नेपालले साउन १० गते बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा सहभागी छ टोलीमध्ये शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *