|
२०८३ श्रावण ६
दाङ — तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित एक निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई जनाको शव फेला परेको छ।
प्रहरीका अनुसार खाली ट्याङ्कीभित्र भेटिएका शव मजदुर र ठेकेदारको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। अक्सिजनको कमीका कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। मृतकको पहिचान भने खुल्न बाँकी छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्