सिन्धुलीमा गोली लागेको अवस्थामा एक युवक मृत भेटिए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १६

काठमाण्डौँ । सिन्धुलीमा गोली लागेको अवस्थामा एक जना युवक मृत भेटिएका छन् ।

गएराति घ्याङलेख गाउँपालिका १ पिउरीखोला जंगलमा २२ वर्षीय आशमान तामाङ मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिए।

उनका अनुसार मृतकलाई गोली लागेको छ ।

मृतकको पेटमा चोट लागेको र घटनास्थलमा बन्दुक पनि फेला परेको छ।

‘घटना कसरी भयो भन्ने यकिन भएको छैन । शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *