|
२०८३ श्रावण ४
काठमाडौँ : साउन महिनाको पहिलो सोमबारका अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको उल्लेख्य उपस्थिति देखिएको छ। भगवान् शिवप्रति आस्था राख्ने भक्तजनले व्रत बसेर पूजा, अभिषेक र दर्शन गरेका छन्।
हिन्दु परम्पराअनुसार साउन महिनाका सोमबार शिव आराधनाका लागि विशेष महत्व राख्छन्। यस दिन श्रद्धापूर्वक पूजा–अर्चना र व्रत गरे मनोकामना पूरा हुने, सुख–शान्ति प्राप्त हुने तथा आध्यात्मिक लाभ मिल्ने धार्मिक विश्वास छ।
यही विश्वासका कारण साउनको पहिलो सोमबार पशुपति क्षेत्रमा भक्तजनको चहलपहल उल्लेख्य रूपमा बढेको छ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्