|
२०८३ श्रावण ३
काठमाडौं । साउने सोमबारमा दर्शनार्थीको बढ्दो भीडलाई व्यवस्थित र स्वच्छ वातावरण उपलब्ध गराउने उद्देश्यले पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइ अभियानलाई तीव्र बनाइएको छ।
पशुपति क्षेत्र विकास कोषले गत सातादेखि सञ्चालन गरेको विशेष सरसफाइ अभियानअन्तर्गत शनिबार दोस्रो चरणको सफाइ कार्यक्रम सम्पन्न गरिएको हो। अभियानमा मन्दिर परिसर, दर्शनार्थीको आवतजावत हुने मार्ग तथा विभिन्न सार्वजनिक स्थललाई प्राथमिकतामा राखेर सफाइ गरिएको जनाइएको छ।
यसका साथै दक्षिणामूर्ति, उमाकुण्ड, पशुपति बजार, भुवनेश्वरी, गौशाला, बज्रघर, तिलगंगा र वनकाली क्षेत्रसमेत सरसफाइ अभियानमा समेटिएका छन्।
कोषले साउने सोमबारका अवसरमा हजारौं श्रद्धालु पशुपतिनाथ मन्दिरमा आउने अपेक्षा गर्दै सरसफाइसँगै भीड व्यवस्थापन, सुरक्षा र दर्शन व्यवस्थालाई समेत प्रभावकारी बनाउने तयारी अघि बढाएको जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्