|
२०८२ श्रावण ५
काठमाण्डौँ । साउनको पहिलो सोमबारका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपतिनाथ मन्दिर अनुगमनमा पुगेका छन् ।
धार्मिक आस्थाका दृष्टिले महत्त्वपूर्ण साउन महिनाको सोमबार शिवभक्तका लागि विशेष दिन मानिन्छ । पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजनको भीड लाग्छ ।
अनुगमनमा मन्त्री पाण्डेले पशुपतिनाथ क्षेत्र विकास कोष, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र अन्य सम्बन्धित निकायद्वारा भक्तजनका लागि गरिएको व्यवस्थाको स्थलगत अवलोकन गरेका छन् ।
साउन महिनाभरि प्रत्येक सोमबार पशुपतिनाथमा भक्तजनको भीड लाग्ने भएकाले सुरक्षा र व्यवस्थापन पक्षलाई अझ चुस्त बनाइने मन्त्रालयले जनाएको छ ।
यस्तै मन्त्री पाण्डे सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएका सम्झनामा लगाइएको पितृमुक्ति ज्ञान महायज्ञमा समेत सहभागी भएका थिए ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्