चिकित्सकहरू सडकमा, श्रम अधिकार र सुविधा माग

DaksuMedia दाक्सु मिडिया
|
साउन २, २०८३

काठमाडौं । इन्टर्नसिपमा रहेका, मेडिकल अधिकृत तथा आवासीय चिकित्सकहरूले श्रम शोषण अन्त्य र सेवा–सुविधाको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।

युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषणविरुद्धको संघर्ष समितिको अगुवाइमा भएको प्रदर्शनमा चिकित्सकहरूले तोकिएको ड्युटी समय लागू गर्न, अतिरिक्त कामको ओभरटाइम भत्ता दिन र आवासीय चिकित्सकको बढेको तलब कार्यान्वयन गर्न माग गरेका छन्।

उनीहरूले एमबीबीएस तथा बीडीएसपछि उच्च अध्ययनका लागि राखिएको अनिवार्य कार्यअनुभवको व्यवस्था हटाउनुपर्ने मागसमेत अघि सारेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *