संविधान सुधारसम्बन्धी बहस पत्रको प्रतिवेदन सरकारलाई बुझाइयो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १

काठमाडौं । संविधान संशोधनका विषयमा छलफलका लागि गठन गरिएको कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा रहेको कार्यदलले बिहीबार प्रतिवेदन पेस गरेको हो। कार्यदललाई दीर्घकालीन राजनीतिक सुधार, संस्थागत परिवर्तन र निर्वाचन प्रणालीलगायत विषयमा संविधान संशोधनसम्बन्धी बहस पत्र तयार गर्ने जिम्मेवारी दिइएको थियो।

सरकारको शासकीय सुधारसम्बन्धी सय बुँदे कार्यसूचीअनुसार मन्त्रिपरिषद्को निर्णयबाट गत चैतमा कार्यदल गठन गरिएको थियो। प्रतिवेदनले संविधान संशोधनका सम्भावित विषयमा राष्ट्रिय सहमति निर्माणका लागि आधार तयार गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Molly1096

    July 17, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *