साउनको पहिलो दिन धार्मिक आस्था र परम्पराको उत्सव

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १

काठमाडौं । सौर पात्रोअनुसार साउन १ गते पर्ने साउने सङ्क्रान्ति आज देशभर श्रद्धा र उत्साहका साथ मनाइँदै छ। यस दिन स्नान, दान तथा पूजा–आराधना गर्ने परम्परा रहिआएको छ।

धार्मिक मान्यताअनुसार आज सूर्य कर्कट राशिमा प्रवेश गर्दै दक्षिणायन सुरु हुन्छ। वैदिक परम्परामा यस दिनलाई शुभ मानिने भएकाले धेरैले धार्मिक कर्म, दान–पुण्य र शिवपूजामा सहभागी हुन्छन्।

ग्रामीण क्षेत्रमा असारभरि कृषिकर्ममा व्यस्त रहेपछि साउनको पहिलो दिन लुतो फाल्ने परम्परा पनि निर्वाह गरिन्छ। औषधीय गुण भएका वनस्पतिको प्रयोग गरी स्वास्थ्य र रोगबाट जोगिने कामना गर्ने चलन अझै कायम छ।

साउन महिना भगवान् शिवको प्रिय महिना मानिएकाले पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ। महिलाले हरियो चुरा, हरिया पोसाक र मेहन्दी लगाएर पर्वको स्वागत गर्ने परम्पराले पनि साउने सङ्क्रान्तिको रौनक थप बढाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *