|
२०८२ फाल्गुन ४
धनुषा – काठमाडौँसहित देश–विदेशका श्रद्धालु सहभागी हुने विश्वकै लामो धार्मिक पदयात्रा ‘मिथिला मध्यमा परिक्रमा’ सोमबारबाट मिथिला बिहारी नगरपालिकाको कचुरी क्षेत्रबाट सुरु भएको छ।
धार्मिक–सांस्कृतिक परम्परासँग जोडिएको यो १५ दिने पदयात्रा प्रत्येक वर्ष फाल्गुन औँसीदेखि पूर्णिमासम्म सञ्चालन हुँदै आएको छ। धनुषास्थित मिथिला बिहारी मठबाट भगवान् राम–जानकीको डोला निकालेर यात्रा प्रारम्भ गरिएको स्थानीय प्रशासनले जनाएको छ।
नेपाल–भारतबीच सांस्कृतिक सम्बन्धको प्रतीकका रूपमा हेरिने यस परिक्रमा करिब १२० किलोमिटर दूरी पार गर्नेछ, जसमा करिब ९० किलोमिटर नेपाल र बाँकी ३० किलोमिटर भारततर्फ पर्नेछ।
यात्राका क्रममा तोकिएका विश्रामस्थलमा मिथिला माहात्म्यसम्बन्धी कथा वाचन गर्ने परम्परा रहेको आयोजक पक्षले जानकारी दिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्