|
२०८३ असार ३१
काठमाडौं : काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीलाई दोषी ठहर गर्दै चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले रायमाझीलाई राज्यविरुद्धको कसुरसहित तीन वटा अपराधमा दोषी ठहर गरेको हो।
अदालतका अनुसार नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थीका रूपमा प्रस्तुत गर्ने कार्यले नेपालको अन्तर्राष्ट्रिय छवि र विश्वसनीयतामा गम्भीर असर पुगेको छ। संयुक्त राष्ट्रसंघ तथा तेस्रो मुलुकसँग नेपालको विश्वासमा आँच पुगेकाले उक्त कार्य राज्यविरुद्धको अपराधअन्तर्गत पर्ने अदालतले ठहर गरेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्