|
२०८२ आश्विन १४
काठमाडौं, आश्विन १४ –राजनीतिक दबाबका कारण रोकिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले फेरि अनुसन्धान सुरु गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्देशन दिएपछि सीआईबीले पूरक अनुसन्धान अघि बढाएको हो।
यस प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत ३० जनाविरुद्ध ठगी, किर्ते र संगठित अपराधमा मुद्दा दायर भइसकेको छ।
नयाँ अनुसन्धानले राजनीतिक प्रभावका कारण ओझेलमा परेका थप व्यक्तिहरूको संलग्नता पनि बाहिर आउने सम्भावना छ। नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने योजनामा उच्च तहका अधिकारीहरूको मिलोमतो भेटिएको थियो।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्